बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बागमतीले पार गर्‍यो सतर्कताको तह, कोरिडोर र तटीय क्षेत्रमा जोखिम

बागमतीले पार गर्‍यो सतर्कताको तह, कोरिडोर र तटीय क्षेत्रमा जोखिम

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

काठमाडौंको बागमती नदी गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ।

National life

पानी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहने र बागमती कोरिडोर भई यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउनुपर्ने भएको छ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरुका साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान छ।

महाकालीमा जल सतह सतर्कता तह नजिक रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ।

मंगलबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन्। 
प्रायः सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Laxmi sunrise bank
kumari

जिल्लाका अधिकांश बस्ती जलमग्न र डुबानमा छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करिब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

 

प्रकाशित: Aug 21, 2024| 09:44 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्