बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • उपत्यकासहित पाँच प्रदेशमा परिरहेको छ पानी, कैलालीमा भारी वर्षा

उपत्यकासहित पाँच प्रदेशमा परिरहेको छ पानी, कैलालीमा भारी वर्षा

 |  बुधबार, भदौ ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ५, २०८१

कैलाली जिल्लाका अधिकांश स्थानमा मंगलबार रातिदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National life

विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ।

भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ।

अहिले काठमाडौं लगायत देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बारा, पर्सा, स्याङ्जा, पर्वतमा चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको छ।

Laxmi sunrise bank
kumari

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा बाराको सिमरा मापन केन्द्रमा पछिल्लो चौबिस घन्टामा १३९ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो घन्टामा १२९.४ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै कोल्भीमा १०८ मिलिमिटर वर्षा मापन भएको छ। पर्साको रंगपुरमा २४ घन्टामा १६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो ६ घन्टामा १४५.२ मिलिमिटर वर्षा मापन भएको छ।

चौबीस घन्टामा कैलालीको धनगढी विमानस्थल केन्द्रमा १०२.६ मिलिमिटर वर्षा भएको छ। स्याङ्जाको पञ्चमुलमा १३०.२ मिलिमिटर, पर्वतको पञ्चासेमा ११६.२ मिलिमिटर र कार्कीनेटामा ११०.८ मिलिमिटर, कञ्चनपुरको सुन्दरपुरमा ९८.२ मिलिमिटर वर्षा मापन भएको छ।

प्रकाशित: Aug 21, 2024| 08:29 बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्