बिहीबार, पुस ३, २०८२

कमलामा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनशन

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय आज (मंगलबार) देखि सामूहिक आमरण अनशनमा बसेका छन्।

National life

कमलामा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको अगुवाइमा आन्दोलित स्थानीय जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनमा बसेका हुन्।

गत सातामात्रै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रकृया अगाडि बढाउने गरी सात दिने अल्टिमेटमसहित उनीहरूले ज्ञापनपत्र बुझाएका थिए। तर मुख्यमन्त्रीले आफूहरूको मागप्रति बेवास्ता गरेपछि आमरण अनशनमा बसेको संघर्ष समितिका पदाधिकारीले बताएका छन्। 

१० जना युवा आमरण अनशनमा बसेका छन्। सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजीत यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका हुन्।
 

प्रकाशित: Aug 20, 2024| 20:12 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्