बिहीबार, पुस ३, २०८२

गुडिरहेको बसमा खस्यो पहिरो

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

काठमाडौं- गुल्मीमा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा पहिरो खसेको हो।

National life

रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसमा लेदो पसेर क्षति पुर्‍याएको छ।

पहिरो पसेपछि बसभित्र रहेका सबै यात्रु सकुशल बाहिर निस्किएका थिए। प्रहरीका अनुसार बस भने आंशिक रूपमा पुरिएको छ। मदन भण्डारी राजमार्गको रिडीदेखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ। रातामाटामा बस आइपुग्नासाथ माथिबाट लेदो सहितको पहिरो झरेको थियो।

गत महिना यसैगरी पहिरोमा परेर त्रिशूलीमा बस खस्दा ६२ जना यात्रु बगेका थिए। तीमध्ये आधाजतिको शव भेटिएको छ भने बाँकी बेपत्ता छन्। 

प्रकाशित: Aug 20, 2024| 18:31 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्