बुधबार, चैत २५, २०८२

लमजुङमा थपिए दुई सय १८ उद्योग

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

लमजुङ- लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन्। पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०-८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिए। 

National life

उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन्। एक सय ७६ वाणिज्य दर्ता भएको छ भने, पाँच सय ५२ वाणिज्य नवीकरण भएका छन्। अघिल्लो आव २०७९-८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए। अघिल्लो वर्षको तुलनामा गत आवमा उद्योग दर्ता कम भएको हो। 

सोही आवमा दुई सय आठ वाणिज्य दर्ता भएका थिए भने पाँच सय १८ वटाको नवीकरण भएका थिए। आव २०७८-७९ को साउनदेखि असार सम्म छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए। उक्त अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएको थियो। 

बेँसीसहर, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसलको सङ्ख्या वृद्धि भइरहेका रहेका छन्।

दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फार्म,  सिलाइकटाई, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरिपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन्।

kumari

प्रकाशित: Aug 20, 2024| 17:31 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्