बिहीबार, पुस ३, २०८२

साउनमा मेची भन्सारको राजस्व एक अर्ब २९ करोड

 |  मंगलबार, भदौ ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ४, २०८१

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो।

National life

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

'मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ', उनले भने, 'चालु आवको साउनमा तीन अर्ब ८९ करोड १० लाख ५८ हजार रूपैयाँ बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रूपैयाँको निर्यात भएको छ।' 

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश. ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ।

त्यसैगरी आयाततर्फ पेट्रोल चार दशमलव ५८, डिजेल ११ दशमलव ८८, फलफूल ३८ दशमलव ४७ प्रतिशतले कमी आउँदा जुट १३ दशमलव ४६, एलपी ग्यास २७ दशमलव ३७, जिप्सम ६७ दशमलव ९५, मेसिनरी तथा पार्टपुर्जा ९६ दशमलव ५८, दलहन ६८ दशमलव ४९ र तरकारी एक सय ७७ दशमलव ६३ प्रतिशतले आयात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 20, 2024| 19:31 मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्