मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस वर्षको नाडा अटो शोमा नबिल र ग्लोबल आइएमई बैंकसहित ५ वटा वित्त कम्पनीले भाग लिने

यस वर्षको नाडा अटो शोमा नबिल र ग्लोबल आइएमई बैंकसहित ५ वटा वित्त कम्पनीले भाग लिने

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- यस वर्षको नाडा अटो शो २०२४ मा ५ वटा बैंक तथा वित्तीय कम्पनीले भाग लिने भएका छन् । दुई ठुला बैंक नबिल बैंक र ग्लोबल आईएमई बैंकसहित थप दुईवटा वाणिज्य बैंक र एक विकास बैंकले अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

National life

अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने जनाए पनि अन्तिममा ५ वटा वित्त कम्पनीले स्टल बुक गरेको आयोजक नाडाले जनाएको छ । नबिल बैंक, ग्लोबल आईएमई बैंकसँगै हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक र महालक्ष्मी विकास बैंकले यस पटकको अटो शोमा भाग लिदैछन् ।

यी बैंक तथा वित्त कम्पनीहरुले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।  

अटोमोबाइल क्षेत्रको छाता संगठन नाडाले वर्षेनी दसैं तिहारको मुखमा वृहत् अटो शोको आयोजना गर्दै आएको छ । यसै कार्यक्रमको निरन्तरता यो वर्ष नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा नाडा अटो शोको आयोजना गर्दैछ । कूल सवारी उपस्थितिको अधिकतम ७० प्रतिशत ईभी अर्थात् विद्युतीय सवारी साधनको प्रदर्शन हुने यस पटकको अटो शोमा २३ वटा ब्राण्डका चारपाङ्ग्रे सवारी, १३ वटा ब्राण्डका हल्का लाइट गाडी, १७ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी र २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरुको सहभागिता रहनेछ।

यसपटकको नाडा अटो शोको टाइटल स्पोन्सर टाटा डट ईभी रहेको छ ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 14, 2024| 16:38 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्