शनिबार, मंसिर ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक स‌ंसद्‍मा टेबल, तीन दलबीच के भएको थियो सहमति ?

Siddartha premir insuranceSiddartha premir insurance

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक स‌ंसद्‍मा टेबल, तीन दलबीच के भएको थियो सहमति ?

 |  मंगलबार, साउन २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टेबल भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले उक्त विधेयक टेबल गरेकी हुन्।

triton college

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्न सभामुख देवराज घिमिरेले अनुमति दिएका थिए। उक्त अनुमति दिएसँगै सभापति सुवेदीले विधेयक टेबल गरेकी हुन्।

साउन २४ गते उक्त समितिबाट सर्वसम्मतिले पारित भएको थियो। गत साउन १८ गते नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका बीचमा विधेयकमा निष्कर्षमा पुग्न बाँकी रहेका विषयमा सहमति जुटेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदा नै उनले कार्यदल बनाएका थिए। कार्यदलमा गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए। विधेयक २०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। उक्त विधेयकमाथि प्रतिनिधि सभामा २०७९ चैत १२ गते सामान्य छलफल भएको थियो।

२०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो। उक्त समितिले ११ सदस्यीय उपसमिति बनाएर विवादित विषयमाथि छलफलसमेत गरेको थियो। उपसमितिले मिलाउन नसकेका मुख्य चार विषयमा पछिल्लो समयमा बनेको कार्यदलले छलफल गरी सहमति जुटाएको थियो।

Metro Mart
vianet

यसअघि मिल्न बाँकी सबै विषयमा सहमति भएको र अब त्यही आधारमा विधेयक संशोधन गरिने नेताहरुले बताएका छन्। सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषय यसअघि विवादित थियो। यसमा सबैलाई सशस्त्र द्वन्दका पीडित भनेर सम्बोधन गर्ने सहमति भएको छ।

यसैगरी मानव अधिकारको उल्लङ्घनका घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय लामो समयदेखि टुंगो लाग्न सकेको थिएन। त्यसमा कार्यदलले सहमति जुटाउँदै पीडितको सहमति नभए मुद्दा लैजान पाउने गरी सहमति गरेको हो।

मुद्दामा जाँदा पीडकलाई कम्तिमा २५ प्रतिशत सजाय हुने व्यवस्था भएको छ। साथै बालसेना राख्ने या बहिर्गमित लडाकू राख्ने भन्नेमा पनि कुरा मिल्न सकेको थिएन। कार्यदलले बहिर्गमित लडाकू राख्ने र विधेयकमा बालसेना भनेर नराख्ने सहमति जुटाएको छ। यो विधेयक २०७९ फागुन २५ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसद्‍मा दर्ता गरेका थिए। प्रतिनिधि सभामा रहेको विधेयकमा सहमति जुटाउन भन्दै २०८० जेठ ५ गते दलहरूका प्रतिनिधि रहेका ११ सदस्यीय उपसमिति गठन भएको थियो।

उपसमितिले चार वटा मिल्न बाँकी रहेका विषय थाती राखेर असोज २३ गते प्रतिवेदन तयार पारेको थियो। त्यसयता सहमति जुटाउन पटक-पटक छलफल भएपछि बिहीबार दलहरू सहमतिमा पुगेका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधि सभाको यही अधिवेशनबाट पारित गर्ने नेताहरूले बताएका छन्। 

प्रकाशित: Aug 13, 2024| 20:00 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्