बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खोटो संकलन वन समूहको मुख्य आम्दानीको स्रोत

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

ntc landingntc landing

दाङ- दाङमा खोटो संकलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी  गरेका छन्। 

himalayan bank box

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गरिएको छ।

गाउँमा आवश्यक खानेपानी, विद्यालय भवन निर्माण, चौतारा निर्माणलगायतमा खर्च गरिएको बङ्लाचुली गाउँपालिका-८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए।

आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक कार्यमा पैसा उठाउन नसक्ने भएपछि वन समूहबाट संकलन भएको पैसा खर्च गर्ने गरिएको उनले जानकारी दिए।

उनले भने, 'खोटो संकलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गर्ने गरेका छौँ।' सल्लाको खोटो प्रतिकेजी एक हजार दुई रुपैयाँका दरले बिक्रि हुने गरेको छ। 

एउटा सल्लाको रुखबाट कम्तीमा आठ-नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन्। बैशाख-जेठदेखि मङ्सिर-पुससम्म खोटो संकलन हुने गरेको छ। चिसो मौसममा भने खोटो जमेर कम संकलन हुने गरेकाले बन्द हुने गर्दछ। 

जिल्लामा सल्लाको खोटो संकलनबाट ३२ लाख बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार दुई सय ६९ रुपैया राजस्व संकलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए। उनका अनुसार सल्लाको खोटो बिक्रीबाट संकलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय वन समूह र चार लाख ७२ हजार तीन सय ३९ रुपैँया प्रदेश सञ्चित कोषमा जम्मा भएको छ।

गतवर्ष जिल्लामा ७८ हजार किलो सल्लाको खोटो निकासी हुँदा ९ लाख ३९ हजार २७ रुपैँया राजस्व संकलन भएको थियो। खोटोबाट गत वर्षको तुलनामा यसवर्ष तेब्बर राजस्व संकलन भएको छ।

गतवर्ष सल्लाको खोटो संकलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्व वृद्धि भएको हो। अघिल्लो वर्ष दश वटा वन समूहबाट खोटो संकलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ। रासस

प्रकाशित: Aug 13, 2024| 21:31 मंगलबार, साउन २९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ। पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ।