बुधबार, माघ २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतसँग फाइनल खेलेको महिला भलिबल टिमलाई महानगरको जनही एक लाख पुरस्कार

भारतसँग फाइनल खेलेको महिला भलिबल टिमलाई महानगरको जनही एक लाख पुरस्कार

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।

National life

बिहीबार महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो।

सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन्।

खेलको टिम म्यानेजर नीलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिस्ट लोकेन्द्रबहादुर कुँवर सम्मानित भएका छन्। महानगरले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा ३–२ सेटले भारत विजेता बन्दा नेपाल उपविजेता बनेको हो।

Laxmi sunrise bank

प्रकाशित: Aug 08, 2024| 15:44 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्