शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भारतसँगको महिला भलिबल फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

 |  बुधबार, साउन २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।

triton college

फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । उक्त खेल हेर्न तथा फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली सहभागी हुने उनको सचिवालयले जनाएको छ । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले भने सेमिफाइनलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो । नेपालले लिग चरणमा भारतमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो । नेपाल घरेलु मैदानमा भारतलाई हराउँदै उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिनेछ ।

 

प्रकाशित: Aug 07, 2024| 12:20 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्