मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • तीन सय दिनमा अन्तर्राष्ट्रिय स्तरको बन्ला त्रिवि क्रिकेट मैदान ?

तीन सय दिनमा अन्तर्राष्ट्रिय स्तरको बन्ला त्रिवि क्रिकेट मैदान ?

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

National life

प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गरेका थिए

“क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रंगशाला निर्माणलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौं”, प्रधानमन्त्री ओलीले भने।

मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो।

हुँदैछ काम
गत जेठ पहिलो साता ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप फाइनलपछि त्रिवि क्रिकेट मैदान खाली छ। नेपाल टी–२० विश्वकप खेल्न अमेरिका र वेष्ट इण्डिज गएपछि र वर्षायाम सुरु भएकाले प्रतियोगिताहरु भएका छैनन्। एसीसी वुमन्स एसिया कप खेल्न जानुअघि महिला टोलीले त्रिवि मैदानमा अभ्यास गरेको थियो। तर औपचारिक खेलहरु भने भएका छैनन्।

Laxmi sunrise bank
kumari

मनसुन सुरु भइसकेको र निरन्तर पानी पर्ने भएकाले भदौअघि त्रिवि मैदानमा कमै खेल हुने गर्छन्। यसै समयमा त्रिवि मैदान स्तरोन्नतिको काम भइरहेको छ। अहिले त्रिवि क्रिकेट मैदानमा स्तरोन्नतिको काम धमाधम चलिरहेको छ।

अहिले भएको मैदान बाहिरको तारजाली पनि सारिनेछ। त्यसले गर्दा मैदानमा बाउन्ड्री केही बढ्नेछ। हावाले साइड स्क्रिन समय-समयमा लडाउने गरेको छ। त्यसको दीर्घकालीन समाधान खोज्न क्यानले प्रयास गरेको छ। हाल दुवै साइड स्क्रिन तेर्सो राखिएको छ।

डिजिटल स्क्रिन बोर्ड राख्नलाई सानो भवन बनाइएको छ। स्कोर बोर्डकै छेउमा यो भवन बनेको छ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैतमा फ्लड लाइट राख्न निर्देशन दिएका थिए। तर फ्लड लाइट राख्ने सुरसार भने छैन। राखेपले गत वर्ष कात्तिकमा एमएसआईपीएल एएससी पावर जेभीलाई २७ करोड ४० लाख रुपैयाँमा फ्लड लाइट जोड्न ठेक्का दिएको थियो। तर आवेदन दिएका अन्य चार कम्पनीले आफूलाई नियतवश फेल गराएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दिएपछि उक्त ठेक्का रद्द भएको थियो।

आगामी सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई तथा आईसीसी लिग–२ सिरिज हुँदैछ। लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपालले क्यानडसँग दुई ओडीआई खेल खेल्नेछ। नेपालले झण्डै एक महिना क्यानडामा बिताउनेछ।

नेपाल क्यानडाबाट नै अमेरिका जाने सम्भावना छ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी–२० आई र आईसीसी विश्वकप लिग–२ सिरिज हुनेछ। क्यानडा र अमेरिका भ्रमणपछि मात्रै नेपालले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्नेछ। त्यतिञ्जेलमा धेरै काम हुने क्यानको अपेक्षा छ।

 

प्रकाशित: Aug 04, 2024| 17:10 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्