शुक्रबार, जेठ १, २०८३

क्यान्सरपीडित बच्चासँग ऐश्वर्याको क्रिसमस पार्टी (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – ऐश्वर्या राय बच्चन धीरुभाइ अम्बानी इन्टरनेसनल स्कुलको वार्षिक कार्यक्रममा देखा परिन्। यस कार्यक्रमलगत्तै उनी क्रिसमस सेलिब्रेसनमा व्यस्त भइन्। तर, यो पार्टी उनले स्पेसल बच्चाहरुका साथ मनाएकी छन्।

आइतबार ऐश्वर्या मुम्बईको टाटा मेमेरियल क्यान्सर अस्पतालमा पुगिन्। त्यहाँ उनले क्यान्सरपीडित बालबालिकालाई माया गर्दै समय बिताइन्। उनले त्यहाँ बालबालिकाहरूसँग थुप्रै तस्बिर पनि खिचाइन्। उनले बालबालिकाको स्वास्थ्य अवस्थाबारे पनि चासो लिएकी छन्।

पिंक कलरको ड्रेसमा देखिएकी ऐश्वर्या सदाझैं आकर्षक लुकमा थिइन्।





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्