मंगलबार, पुस ८, २०८२

कलेजो क्यान्सरको प्रमुख कारण हेपाटाइटिस भाइरस

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

काठमाडौं- आज जुलाई २८, विश्व हेपाटाइटिस दिवस। कलेजोको क्यान्सरको प्रमुख कारक रहेको हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बारे सचेत नहुँदा धेरै जनाले ज्यान गुमाइरहेका छन्।

National life

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२२ सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बाट ३० करोड ४० लाख मानिस सङ्क्रमित छन्। डब्लुएचओका अनुसार मुख्यतः पाँच प्रकारका हेपाटाइटिसका भाइरस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ मध्ये ‘बी’ र ‘सी’लाई बढी सङ्क्रामक मानिन्छ। यी दुई भाइरसका कारण विश्वभर औसतमा वार्षिक १३ लाखको मृत्यु र २२ लाख व्यक्तिमा नयाँ सङ्क्रमण देखिने गर्दछ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा अनन्त श्रेष्ठका अनुसार हेपा भनेको कलेजो हो र टाइटिस भनेको सुन्निनु हो। केही कारणले गर्दा कलेजो सुन्निने वा त्यसमा क्षति पुग्यो भने हेपाटाइटिस हुन्छ। यसका भाइरस थुप्रै भए पनि हेपाटाइटिस बी र सी दुवैले दीर्घकालीन सङ्क्रमण गराउँछ। शरीरमा छिरेपछि रहिरहन्छ र बिस्तारै कलेजोमा क्षति गराउँछ। सुरुमा कलेजो सुन्निन्छ र १० देखि २५ वर्षपछि कलेजो सुन्निएपछि सिरोसिस हुन्छ। त्यसपछि  कलेजो कडा हुन्छ। यी भाइरसले कलेजोको क्यान्सर पनि गराउनसक्छ।”

उनका अनुसार सुरुआती अवस्थामा कुनै लक्षण नदेखिने भएकाले ९० प्रतिशत बिरामीहरु सुरमा अनभिज्ञ हुन्छन्। डा श्रेष्ठले भने, “हेपाटाइटिस बी लाग्नेबित्तिकै लक्षणहरु खासै देखिँदैन। मौन रुपमा नै असर गरिरहेको हुन्छ। ९० प्रतिशत जति कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिन्छ। १० जनामध्ये नौ जनालाई हेपाटाइटिस बी भाइरस भएको थाहा हुँदैन र परीक्षण गरेका हुँदैनन्।”

लागुपदार्थ सेवनकर्ता, असुरक्षित सुइको प्रयोग गर्ने, हेमोडायलाइसिस गराइराख्ने, पटक–पटक रगत लिइराख्नुपर्ने रोगका व्यक्तिले हपाटाइटिस सीको परीक्षण गराउनुपर्ने उनको सुझाव छ। उनले भने, “रगत परीक्षण, परामर्श र समयमा उपचार गरिएमा कलेजोको क्यान्सर र कलेजो फेल हुनबाट बच्न सकिन्छ। ‘बी’लाई नियन्त्रणमा राख्न सकिन्छ किनकी खोप सुविधा छ। तर ‘सी’ लाग्नै नदिन भन्ने त्यस्तो छैन। सीलाई ९९ प्रतिशतसम्म निको पार्न सकिन्छ। ‘बी’ भाइरस सङ्क्रमण भइसकेपछि पूर्ण रुपमा निको पार्न सकिँदैन तर सक्रिय भाइरसलाई निष्क्रिय बनाउने उपचार छन्।”

Laxmi sunrise bank
kumari

पेट तथा कलेजो रोग विशेषज्ञ डा अनिशा तिवारीले हेपाटाइटिस भाइरस ‘ए’ र ‘ई’ भाइरस  सङ्क्रमित खाना र पानीका कारणले हुने गर्ने बताइन्। उनले भनिन्, “हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’ रगत लिँदा तथा यौनसम्पर्कबाट सर्न सक्ने हुन्छन्। यी दुई भाइरस शरीरमा बसिराख्ने भएकाले दीर्घकालीन रुपमा समस्या रहिरहन सक्छ।”

उनका अनुसार रगत र अल्ट्रासाउण्डबाट हेपाटाइटिसको परीक्षण हुन्छ। “हेपाटाइटिस  ‘ए’ र ‘ई’ छिटो निको हुने हुन्छ। ‘बी’को खोप उपलब्ध छ तर ‘सी’को भने हालसम्म खोप उपलब्ध छैन। सङ्क्रमण भए पनि डराउनुपर्ने अवस्था छैन। भाइरस निष्क्रिय पार्ने औषधिको सेवनले भाइरसलाई नियन्त्रणमा राख्छ र कलेजो फेल हुनबाट बचाउँछ।” कलेजोमा समस्या आए पेट दुख्ने, बान्ता आउने, वाकवाकी हुने, जन्डिस हुने र कालान्तरमा लिभर सिरोसिस गराउन सक्ने उनको भनाइ छ।  

प्रकाशित: Jul 28, 2024| 18:37 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्