बिहीबार, माघ १, २०८२

नेपाल एसिया कपबाट बाहिरियो

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

काठमाडौं- एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। 

National life

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो। यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो। नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो। 

आजको खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो। 

नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन्। त्यस्तै विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 

भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन भने अरुणदति रेडि र राधा यादवले समान दुई दुई विकेट लिए। यस्तै रेनुका सिंहले एक विकेट लिइन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो। भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन्। उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन्। त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन्। जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन्। नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 23, 2024| 22:21 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्