आइतबार, चैत २९, २०८२

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले जित्यो युरोकपको उपाधि

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

National life

सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको हो।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एक/एक गोल गरे। स्पेनका विलियम्सले खेलको ४६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए।

७३औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

kumari

योसँगै स्पेन चौथो पटक युरोकप विजेता बनेको छ भने इङ्ल्याण्ड  लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ। यसअघिको युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।

प्रकाशित: Jul 15, 2024| 06:51 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्