सोमबार, पुस ७, २०८२

नेदरल्यान्ड्स र इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

शनिबार गए राति भएका छुट्टाछुट्टै क्वाटरफाइनल खेलमा जित निकाल्दै नेदरल्यान्ड्स र इङ्ल्यान्ड यूईएफए युरो कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

National life

इङ्ल्यान्डले स्वीटजरल्यान्डलाई र नेदरल्यान्ड्सले टर्कीलाई पराजित गरेका हुन्।

इङ्ल्यान्ड र स्वीट्जरल्यान्डबीच भएको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट विजेत चुनिएको हो। खेलको ७५औँ मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डले अग्रता बनाएको थियो। तर, इङ्ल्यान्डले ८०औँ मिनेटमा बराबरी गोल फर्कायो।

त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड विजयी भयो। इङ्ल्यान्डले पेनाल्टीमा ५ गोल गर्दा स्वीट्जरल्यान्डले ३ गोल गर्‍यो।

त्यस्तै टर्किएविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। टर्किएले ३५औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। तर, ७०औँ र ७६औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सले टर्किएलाई पराजित गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 07, 2024| 07:13 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्