आइतबार, मंसिर २८, २०८२

युरोकपको सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्ने

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

काठमाडौ‌- आयोजक जर्मनी युरोकप २०२४ बाट बाहिरिएको छ।

National life

स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ। फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हराएको थियो।

स्टुटगार्टमा भएको खेलमा स्पेनका लागि मिखेल मेरिनाले अतिरिक्त समयको अन्त्यतिर निर्णायक गोल गरे। गोलरहित बराबरीपछि डानी ओल्मोले ५१ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। तर ८९ औं मिनेटमा जर्मनीका लागि जासुआ किमिचले जर्मनीका लागि बराबरी गोल गरे।

यससँगै खेल अतिरिक्त समयमा गएको थियो। त्यसमा पनि एक मिनेटको खेल बाँकी छँदा प्रतिस्पर्धा टाइब्रेकरमा जाने सम्भावना देखिएको थियो। तर ओल्मोले हेडबाट गोल गरे र आफ्नो टिमलाई जित दिलाए। यससँगै स्पेनको चौथो पल्ट युरोको उपाधि जित्ने सम्भावना कायम रह्यो।

ह्याम्बर्गमा फ्रान्सले क्रिस्टियानो रोनाल्डोको युरो जित्ने सपनालाई टुंग्याएको थियो। निर्धारित र थपिएको समयको खेल पनि गोलरहित रहेपछि खेल टाइब्रेकरमा गएको हो। पोर्चुगलका लागि पेनाल्टी सुटआउटमा जाओ फेलिक्स गोल गर्न चुके। फ्रान्सको पाँचै पेनाल्टी गोलमा परिणत भएको थियो।

Laxmi sunrise bank
kumari

थिओ हर्नान्डेजले विजयी टिमका लागि अन्तिम तथा निर्णायक प्रहारलाई गोलमा परिणत गरे। जर्मनी र फ्रान्सबीचको अन्तिम चारको खेल मंगलबार हुनेछ। शनिबार इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीबीच अन्तिम आठको खेल हुनेछ। 

प्रकाशित: Jul 06, 2024| 06:10 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्