शुक्रबार, मंसिर ७, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न खेलकुदमन्त्रीले छुट्याए चार करोड ३४ लाख रूपैयाँ बजेट

Siddartha premir insuranceSiddartha premir insurance

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न खेलकुदमन्त्रीले छुट्याए चार करोड ३४ लाख रूपैयाँ बजेट

 |  बिहीबार, असार २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

काठमाडौं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन-२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट-२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख रूपैयाँ विनियोजन गरिएको बताएका छन्।

triton college

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए। उनले ती प्रशिक्षणको तयारी गर्न चार करोड ३४ लाख रूपैयाँ विनियोजन गरिएको जानकारी दिए।

मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन दुई करोड ९० लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख गरे। बाघचाल, डण्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि ११ लाख रूपैयाँ बजेट विनियोजन गरिएको उनले संसद्‌मार्फत जानकारी दिए।

मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालिममा आकर्षित गर्न तथा ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गर्न चार करोड रूपैयाँ विनियोजन गरिएको उल्लेख गरे।

दोलखाको शैलुङमा तेक्वान्दो खेलको हाइअल्टिच्युड ट्रेनिङ कभर्डहल निर्माण गर्न दुई करोड रूपैयाँ विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताए। उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न चार करोड ३५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउनेबित्तिकै खेलाडीको बैंक खातामा पुरस्कारबापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिए।

Metro Mart
vianet

मन्त्री श्रेष्ठले आगामी वर्ष खेलकुद पूर्वाधार गर्न मूलपानी क्रिकेट रंगशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फल्ड लाइट’ जडान, खेलाडी ‘फिटनेस’ हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्युट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार मन्त्रालयले रंगशालाको स्तरोन्नतिका लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित: Jul 04, 2024| 16:20 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्