सोमबार, चैत ३०, २०८२

साल्ट ट्रेडिङले बढायो नुनको भाउ

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ।

National life

साल्ट ट्रेडिङ सञ्चालक समितिको आज (मंगलबार) को निर्णयअनुसार नुनको मूल्यवृद्धि गरिएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जारी गरेको सूचनामा उल्लेख छ।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी उपभोक्ताले न्यु शक्ति नुन प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।

kumari

प्रकाशित: Jul 02, 2024| 19:05 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्