शुक्रबार, असार २१, २०८१

सेयर बजारमा डबल सर्किट, परिसूचक ४६ अंक बढ्यो

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- डबल सर्किट लागेको सेयर बजार मंगलबार उच्च अंकले बढेर बन्द भएको छ। सत्ता परिवर्तनको प्रभाव सेयर बजारमा परेको हो।

triton college

सोमबार राति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व  गर्ने सहमति भएको छ। सहमतिअनुसार पहिला अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र डेढ वर्षपछि देउवाले सरकारको नेतृत्व गर्नेछन्।

प्रतिनिधिसभाका ठूला दुई दलबीच नयाँ गठबन्धन गर्ने सहमति भएसँगै मंगलबार सेयर बजारमा उछाल देखिएको हो।  मंगलबार कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११:२१ बजे खुलेको कारोबारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो। दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुमा पुगेको थियो।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

दोस्रो सर्किट ब्रेकपछि खुलेको बजारमा नेप्से परिसूचक  ४७.०४ प्रतिशतले बढेर २१००.४३ विन्दुमा पुगेको छ भने ४ अर्बमाथिको कारोबार भएको छ। यसदिन ३१५ स्क्रिप्सको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँमा खरिदबिक्री भए।

Metro Mart

नेप्से परिसूचक उच्च अंकले बढेपनि कुनै पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्न सकेन। हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक ८.५४ प्रतिशतले बढ्यो। समाज लघुवित्त वित्तीयको ६.९६,गुडविल फाइनान्सको ५.७४,नेसनल हाइड्रोपावरको ५.५१ र सनराइज ब्ल्युचिप फण्डको ५.३६ प्रतिशतले सेयर बढेको हो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १२ करोड मूल्य बढिको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन बैंकिङ, ट्रेडिङ  र मनु ए्ड प्रो समूहको उपसूचक ३ प्रतिशत बढिले बढ्यो। कारोबारमा आएका २२७ स्टकको मूल्य बढ्दा १७ वटाको मात्रै घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।
 

प्रकाशित: Jul 02, 2024| 15:28 मंगलबार, असार १८, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्