शनिबार, जेठ १६, २०८३

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१
National life
Shivam cement

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।

बैठक आज साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन्।

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ। आजको बैठकमा कांग्रेसले नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गर्ने बताइएको छ।

प्रकाशित: Jul 02, 2024| 14:13 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्