बिहीबार, असार २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता उलटपुलटको टाइमलाइन: बिहान बालुवाटारमा बैठक, मध्यरात बूढानीलकण्ठमा सहमति

सत्ता उलटपुलटको टाइमलाइन: बिहान बालुवाटारमा बैठक, मध्यरात बूढानीलकण्ठमा सहमति

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ। सोमबार मध्य राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो।

triton college

संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको बनाउने सहमति दुई दलबीच भएको छ। यसका लागि दुई तिहाइ बहुमत पुर्‍याउन साना दलहरुलाई पनि सरकारमा समेट्ने तयारी कांग्रेस र एमालेको छ। कुन कुन साना दल सरकारमा जान्छन् भन्ने खुलेको छैन। 

लामो गृहकार्यपछि एमाले अध्यक्ष केपी ‌ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्य राति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्। २०८४ को निर्वाचन पनि उनैले गराउने छन्। 

राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ। सरकारको नेतृत्व सुरुमा एमालेले गर्ने र अर्थसहित ९ मन्त्रालय लिनेछ। कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ। राजनीतिको विकसित घटनाक्रमबारे देउवा र ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत मध्य रातमै जानकारी गराएका छन्। 

Metro Mart

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि छलफल बाक्लिएको थियो। सहमतिका लागि ‌ओली सोमबार राति ११ बजे बालकोटबाट बाहिरिएका थिए। सहमतिमा हस्ताक्षर भने सञ्चार उद्यमी रामेश्वर थापाको चपली हाइटस्थित घरमा भएको बताइएको छ। 

सत्ता समीकरणका लागि सोमबार भएको दौडधुप

बिहान ९ बजे: बालुवाटारमा बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच डेढ घण्टा वार्ता

अपराह्न ३ बजे: कांग्रेस पदाधिकारी बैठक
ओलीसँग संवाद भएको र सम्बन्ध सुमधुर बनेको देउवाद्वारा ब्रिफिङ

अपराह्न ४ बजे: सहमतिको मस्यौदा तयार
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा भेटघाट
संविधान संशोधनसहितको एजेन्डामा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रको मस्यौदा तयार

अपराह्न ४ बजे: मन्त्रिपरिषद् बैठक
गठबन्धन र सरकार तलमाथि नहुने भन्दै ढुक्क हुन मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको ब्रिफिङ

अपराह्न साढे ४ बजे: ओली–देउवा संक्षिप्त भेट
बबरमहलस्थित एक घरमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सहमतिमा सोमबार नै हस्ताक्षर गर्ने सहमति

अपराह्न ५ बजे: बोले ओली
संसद् पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सञ्चारकर्मीहरूको प्रश्न– प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? ओलीको जवाफ- यो वर्ष त त्यस्तो लाग्दैन मलाई

साँझ ६ बजे: माओवादी पदाधिकारी बैठक
प्रधानमन्त्री दाहाल र माओवादीका पदाधिकारीबीच छलफल

राति ९ बजे: कांग्रेस र एमालेको छुट्टाछुट्टै आन्तरिक छलफल
कांग्रेस सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा कांग्रेसका नेताहरूबीच छलफल
एमालेका मन्त्री तथा सचिवालय सदस्यहरू ओली निवास बालकोटमा

राति ११ बजे: निवासबाट ओली र देउवा निस्किए
एमाले महासचिव शंकर पोखरेललाई लिएर अध्यक्ष ओली चपली हाइटतर्फ प्रस्थान
देउवा बूढानीलकण्ठबाट सञ्चार उद्यमी रामेश्वर थापाको निवासमा पुगे

राति १२:१५ बजे: सहमतिमा हस्ताक्षर
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तयार पारेको सहमतिपत्रमा हस्ताक्षर देउवा र ओलीले हस्ताक्षर गरे
ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, डेढ वर्षपछि देउवालाई पालो दिने

प्रकाशित: Jul 02, 2024| 07:28 मंगलबार, असार १८, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्