मंगलबार, पुस ८, २०८२

चारपटक विश्वासको मत पाएका प्रचण्ड अल्पमतमा

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौँ- सोमबार मध्यरातको दौडधुपले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार ढल्ने निश्चित भएको छ।

National life

कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै वर्तमान सरकारको आयु सकिएको हो। 

एमालेले मध्यरातमै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ।

कांग्रेस-एमाले मिलनसँगै प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित भएको छ। कांग्रेस–एमाले समझदारीअनुसार पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्।  उनले डेढ वर्ष सरकार चलाउने छन्। बाँकी डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। २०८४ को चुनाव पनि उनैले गराउनेछन्।

साना दललाई पनि साथ लैजाने सहमति यी दुई दलबीच भएको छ। किनभने कांग्रेस र एमालेले मात्र दुई तिहाइ बहुमत पुग्दैन। प्रतिनिधि सभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन्।

Laxmi sunrise bank
kumari

एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ।

सहमतिमा प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश छ।

एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेश प्रदेश सरकारको नेतृत्व मधेशवादी दललाई नै दिने सहमति बनेको छ।

प्रकाशित: Jul 02, 2024| 07:05 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्