बिहीबार, असार २०, २०८१

एमालेसँगको सहमति अनुमोदन गर्न देउवाले बोलाए पदाधिकारी बैठक

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्। 

triton college

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बिहान ९ बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन्।

बैठकमा सत्ता साझेदारीका लागि कांग्रेस र एमालेबीच भएको सहमतिबारे छलफल हुने बताइएको छ। बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन पनि गर्नेछ।

सोमबार मध्यराति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। दुई दलबीच मन्त्रालय भागवण्डा समेत भइसकेको छ।

प्रकाशित: Jul 02, 2024| 06:54 मंगलबार, असार १८, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्