आइतबार, जेठ २५, २०८२

कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति, पहिले ओली प्रधानमन्त्री

 |  मंगलबार, असार १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ। सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको विवरणहरु सार्वजनिक भइरहेका छन्। 

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ।

सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ। सहमतिमा प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश छ।

एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेश प्रदेश सरकारको नेतृत्व मधेशवादी दललाई नै दिने सहमति बनेको छ।
 

प्रकाशित: Jul 02, 2024| 06:48 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्