आइतबार, चैत २२, २०८२

ललितपुर र भैरहवाबीचको फाइनल खेल शनिबार मध्यान्हबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीयटर्सबीच भिडन्त हुँदै छ । त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १२:३० बजेबाट सुरु हुँदै छ । 

भैरहवा गत सिजनको उपविजेता टोली हो भने ललितपुर पहिलो पटक फाइनल पुगेका हो । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर दुबै टोलीको लक्ष्य तेस्रो संस्करणको इपीएलको उपाधि जित्ने हुनेछ । 

दुबै टोली क्वालिफायरमा काठमाडौ किङ्ग इलेभेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेका टोली हुन् । साविकको उपविजेता समेत रहेको भैरहवाले इलिमिनेटरमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

भैरहवा लिग चरणमा ललितपुरसँग ६ विकेटले पराजित भएको थियो । लिग चरणमा भैरहवाले दिएको ९२ रनको सामान्य लक्ष्य ललितपुरले १४.२ ओभरमा मात्र ४ विकेट गुमाउदै भेट्टाएको थियो । 

त्यसैले भैरहवा उक्त हारको बदला लिँदै प्रतियोगिताको उपाधि उचाल्ने दाउँमा हुने छ । यता ललितपुर भने लिग चरणमा पराजित गरेको उच्च मनोबलका साथ मैदान उत्रिने छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेता १० लाख नगद पाउने छन् । 

त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस अपाचे बाइक पाउने छन् । आयोजकले यस संस्करणको विजेताले पाउने रकममा वृद्धि गरेको छ । गत संस्करणको विजेता टोलीलले २१ लाख प्राप्त गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।