सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद्‌ बैठकमा प्रचण्डको ब्रिफिङ- अहिलेको सरकार लामै समय जान्छ

मन्त्रिपरिषद्‌ बैठकमा प्रचण्डको ब्रिफिङ- अहिलेको सरकार लामै समय जान्छ

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- सरकार परिवर्तनको हल्लाका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले तत्का गठबन्धन भत्किने कुनै सम्भावना नभएकोव बताएका छन्।

National life

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका हुन्। 

बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन्।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताइन्। ‘गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन’, उनले भनिन्, ‘गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ।’

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताइन्। 

kumari

प्रकाशित: Jul 01, 2024| 19:17 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्