मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस पदाधिकारी बैठकमा बालकोट बैठकको ब्रिफिङ- सकारात्मक कुराकानी भएको छ

कांग्रेस पदाधिकारी बैठकमा बालकोट बैठकको ब्रिफिङ- सकारात्मक कुराकानी भएको छ

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भएको पछिल्लो भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन्।

National life

पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन्।

'सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो। अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ,' देउवाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने।

ओलीले चिया खान बालकोटमा बोलाएपछि आफू गएको सभापति देउवाले बताएका थिए।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने बताए। बैठक स्थलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले संविधान संशोधनलगायतका विषयमा समझदारी बने कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने बताएका हुन्।

Laxmi sunrise bank
kumari

उनले केवल सत्तामा मात्रै आधारित नभई मुद्दामा आधारित भएर अगाडि बढ्नुपर्ने बताए। ‘सरकार परिवर्तन हुनुमात्रै महत्त्वपूर्ण होइन। यो सरकार दिगो हुनुपर्छ र दीर्घकालीन रूपमा काम गर्ने वातावरण हुनुपर्छ। अब सत्ताका लागि सत्ता होइन कि त्यसको दिगोपन, के-के मुद्दामा सहमति हुने भन्ने हो,' उनले भने।

 

प्रकाशित: Jul 01, 2024| 17:12 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्