शनिबार, भदौ ६, २०८३

पूर्वप्रधानमन्त्रीलाई शपथ कहिले भनेर सोधेपछि...

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका छन्। सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई सोधेका थिए, 'प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले हो ?'

जवाफमा उनले भने, 'यस वर्ष त त्यस्तो लाग्दैन त मलाई ।' तर, बाहिर चर्चा धेरै हुनु राम्रो भएको उनको भनाइ छ।

गएको शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच लामो भेट भएपछि गठबन्धन परिवर्तनको चर्चा भइरहेको छ। सो भेटपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ भने ओलीले एमालेका सबै मन्त्रीलाई आफ्नो निवासमा बोलाएका छन्।

प्रकाशित: Jul 01, 2024| 16:53 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्