आइतबार, जेठ २५, २०८२

पूर्व गृहमन्त्री निधिले भने- रवि लामिछाने अपरिपक्व

 |  सोमबार, असार १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

vianetvianet

काठमाडौं- पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले गृहमन्त्री रवि लामिछाने अपरिपक्व रहेको टिप्पणी गरेका छन्।

पार्टी कार्यक्रममा सुनसरी पुगेका निधिले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेमाथि टिप्पणी गर्न आवश्यक नरहेको बताए।

गृहमन्त्रीको कामको बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, 'गृहमन्त्री अपरिपक्व हुनुहुन्छ। अहिलेलाई यत्ति भनेँ।' नयाँ सत्ता समीकरणको प्रश्नमा भने निधिले तत्काल कांग्रेस प्रतिपक्षमै रहने बताए।

प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल विशेषज्ञका रूपमा व्यंग्य गर्दै निधिले संविधान संशोधन जरुरी रहे पनि २०८४ को निर्वाचनअगाडि सम्भावना नरहेको बताए।

प्रकाशित: Jul 01, 2024| 16:47 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्