शनिबार, भदौ ६, २०८३

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन्।

देवसहितका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।

कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिसभा सदस्य बनेका थिए। देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन्।

प्रकाशित: Jul 01, 2024| 16:37 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्