शनिबार, जेठ १६, २०८३

'ठूला राजनीतिक दलका शीर्ष नेताबीच संवाद हुनु सकारात्मक'

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- सत्तारुढ तथा प्रतिपक्षी राजनीतिक दलका सांसदहरुले ठूला राजनीतिक दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु सकारात्मक भएको बताएका छन्। 

National life

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले पछिल्ला दिनमा ठूला दलका शीर्ष नेताबीचको सघन संवादले आशाको सञ्चार जगाएको बताए। उनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको खाँचो औँल्याए।

सांसद गिरीले एइईमा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनु राम्रो सङ्केत नभएको भन्दै खस्कँदो विद्यालय शिक्षा सुधार गर्दै बालबालिकालाई आधारभूत र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न माग गर्नुभयो। उहाँले दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्न माग गरे।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवाद हुनु राम्रो कुरा भएको बताए। ठूला नेताबीचको राजनीतिक तित्तताले मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै उनले नेताहरुबीचको सहमति तथा सहकार्यले मुलुकको हित र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

‘सत्तारुढ  र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु राम्रो कुरा हो’, उनले भने, ‘जोडदारपूर्वक मुद्दा र अडान राख्ने, परिआउँदा फेरि एकताबद्ध भएर राष्ट्रका  सङ्कटहरुलाई हल गर्ने संस्कार छ।’ सांसद सापकोटाले शान्तिप्रक्रियाका बाँकी कामलाई चाँडो निष्कर्षमा पुर्‍याउन सभामुखमार्फत सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए।

Shivam cement

नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले ‘बेल्ट एन्ड रोड इनिसिएटीभ’ बिआरआई परियोजनालाई नेपालको राष्ट्रिय हित र विकासलाई मध्यनजर गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। जलविद्युत्, रेलमार्गलगायत  महत्वपूर्ण परियोजनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। 

सांसद श्रेष्ठले नेपाल र भारत तथा नेपाल र चीनबीच भएका सम्झौताबारे व्यापक बहस चलिरहेकाले दुई देशबीच भएका ती सम्झौतालाई राष्ट्रिय सहमतिकासाथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए 

प्रकाशित: Jul 01, 2024| 14:51 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्