आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्नेबारे उद्योगमन्त्री भण्डारीले गरे प्रमुख सचेतकहरुसँग छलफल

Siddartha premir insuranceSiddartha premir insurance

लगानी सहजीकरण सम्बन्धी विधेयक पास गर्नेबारे उद्योगमन्त्री भण्डारीले गरे प्रमुख सचेतकहरुसँग छलफल

 |  सोमबार, असार १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन्। 

triton college

मन्त्रालयमा आज भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग मन्त्री भण्डारीले छलफल गरे। सो क्रममा उनले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरुसँग आग्रह गरेका छन्। लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनहरुलाई आग्रह गरे। 

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाए। उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताए।

एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए। केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो।  

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए। छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो। उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए।

Metro Mart
vianet

प्रकाशित: Jul 01, 2024| 14:29 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्