शुक्रबार, भदौ २७, २०८२

युवा पलायन रोक्न उद्यमशीलता जरुरी : मन्त्री भण्डारी

 |  सोमबार, असार १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशिलताको विकासमा जोड दिएका छन्। नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले उद्यमशीलताको विकासले युवा पलायन रोक्न सघाउने बताए।

मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशीलता विकासमा लागिपरेको बताए। उनले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको बताए। 'अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाईँहरुका सुझाव कार्यान्वयन गर्न पहल गर्छु', मन्त्री भण्डारीले भने।

मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्दतीको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतीको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्नेलगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो। रासस

प्रकाशित: Jul 01, 2024| 14:20 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्