आइतबार, मंसिर २८, २०८२

देउवासँगको भेटपछि प्रचण्डसँग ओलीको लामो छलफल

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा लामो छलफल भएको छ। आज बिहान बालुवाटारमा दुई नेताबीच वान टु वान छलफल भएको हो।

National life

दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शनिबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेका थिए। भेटमा देउवाले ओलीलाई प्रधानमन्त्री अफर गरेको विवरणहरु सार्वजनिक भइरहेका छन्। ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा तरंग मच्चिएको छ ।

यसैगरी हिजो आइतबार ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए।

कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन्। पूर्वपदाधिकारी समेत सहभागी हुने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक विषयमा छलफल हुने बताइएको छ। बैठक दिउँसो ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 01, 2024| 12:38 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्