सोमबार, चैत ३०, २०८२

मन्त्री उपस्थित नहुँदा प्रतिनिधिसभा बैठक स्थगित

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

National life

बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्।

आजको बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको चौसट्ठिऔं वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

kumari

प्रकाशित: Jul 01, 2024| 12:28 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्