आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • समस्याग्रस्त २० सहकारीका कागजात झिकाउने छानबिन समितिको निर्णय

समस्याग्रस्त २० सहकारीका कागजात झिकाउने छानबिन समितिको निर्णय

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

काठमाडौं- सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ।

National life

आइतबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठकले उक्त निर्णय गरेको हो। 

समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर 'समस्याग्रस्त व्यवस्थापन समिति' अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजात झिकाउनका लागि पत्राचार गर्ने निर्णय गरेको हो। समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको समितिका एक सदस्यले जानकारी दिए।

समितिको आइतबारको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग छलफल भएको थियो।

प्रकाशित: Jun 30, 2024| 18:54 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्