मंगलबार, पुस ८, २०८२

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका-६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

National life

नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भइ गलत बकपत्र गरेको आयोगको भनाइ छ।

आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग सात हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिइ कानूनविपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

प्रकाशित: Jun 30, 2024| 18:01 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्