शनिबार, भदौ ६, २०८३

मकैबारीमा महिलाको शव भेटियो

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

सर्लाहीको हरिपुर नगरपालिकामा मकैबारीमा महिलाको शव भेटिएको छ। हरिपुर नगरपालिका-४ हरैया गाउँस्थित ठागा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको शंकास्पद अवस्थामा मकैबारीमा शव भेटिएको हो।

शनिबार दिउँसो ४ बजेतिर घरबाट घाँस काट्न खेततिर गएकी कृष्णादेवी अबेर साँझसम्म घर नफर्केपछि घरका सदस्यहरुले खोजी गरेका थिए। खोज्दै जाँदा राति साढे नौ बजेतिर महिलाको शव मकैबारीमा भेटिएको थियो। घरदेखि करिब साढे पाँच सय मिटर पूर्व रहेको आफ्नै मकैबारीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक महिलाको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद छ। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ।

प्रकाशित: Jun 30, 2024| 12:22 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्