शुक्रबार, असार ६, २०८२

देशभर मनसुनी वायुको प्रभाव, आज कता-कता होला भारी वर्षा ?

 |  शनिबार, असार १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १५, २०८१

vianetvianet

काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। 

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: Jun 29, 2024| 08:36 शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्