सोमबार, असार १७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

 |  शनिबार, असार १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १५, २०८१

triton college
Metro Mart

बागलुङ- बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्। 

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। 

प्रकाशित: Jun 29, 2024| 09:26 शनिबार, असार १५, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्