शनिबार, जेठ १६, २०८३

आज दही-चिउरा खाने दिन, राष्ट्रिय धान दिवस पनि मनाइँदै

 |  शनिबार, असार १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १५, २०८१
National life
Shivam cement

काठमाडौं- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ।

वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ।


असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

प्रकाशित: Jun 29, 2024| 06:01 शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्