काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
बानेश्वरस्थित संसद् भवनमा बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित भई सुरुदेखि अन्तिमसम्म बसेर छलफलमा भाग लिने निर्णय गरेको हो ।
संसद्को दुवै सदनमा हाल आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षका लागि विभिन्न जिल्लामा छुट्याइएको बजेटका विषयमा पनि सांसदहरुले धारणा राखेएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । सांसदहरुले बजेट निर्माण पद्धति ठीक भयो, भएन भनी समीक्षा गर्नुपर्ने भनी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
बजेटका विषयमा हुने छलफलमा सक्रिय सहभागिता जनाई पारित हुने दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षमा मतदान गर्ने जनाइएको छ ।