आइतबार, मंसिर २८, २०८२

रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीलगायत शीर्ष नेता सहभागी

 |  शुक्रबार, असार ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो वार्षिकोत्सवका अवसरमा आज चियापान समारोहमा सहभागी भएका छन्।

National life

रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, चमतिमा आयोजित चियापान समारोहमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा राना उपस्थित भएका थिए।       

चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि सहभागी थिए। यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत विभिन्न दलका नेता तथा मन्त्री पनि समारोहमा सहभागी भए।  

सो अवसरमा रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पाहुना तथा आगन्तुकलाई स्वागत गर्नुभएको थियो। उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै जनअपेक्षाअनुसार काम गर्न रास्वपा प्रयासरत रहेको बताउनुभयो।

‘सरकार चलाउने आधारहरु अहिले बनेका छन्। आमनागरिकको अपेक्षा ठूलो छ। ती अपेक्षा परिपूर्ति गर्न हामीलाई ठूलो चुनौती छ। हामी प्रयासरत छौँ’, सभापति लामिछानेले भने।

Laxmi sunrise bank
kumari

रास्वपा प्रतिनिधिसभामा २१ सांसदसहित सङ्घीय संसद्को चौथो ठूलो पार्टी हो। रास्वपाको स्थापना २०७९ असार ७ गते  भएको हो। 

प्रकाशित: Jun 21, 2024| 17:13 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्