सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जनयुद्ध सम्झिँदै प्रचण्डले भने- जीवन त्यतिबेलै सरल थियो

 |  शुक्रबार, असार ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन्। यद्यपि अहिले पनि आफू उत्तिकै सक्रिय रहेको उनले सुनाए।

triton college

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरार्धतिर लागे पनि रातदिन सक्रिय भएको बताए। ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तरार्धै हो । तर तपाईंहरुले देख्नु भएको छ म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु,’ प्रचण्डले भने, ‘बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।’

अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति आफूले नै झेलेको भन्दै उनले तर पनि सक्रियता नछोडेको बताए। उनले वुद्धिजीवीहरुलाई प्रश्न गरे, ‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईंहरुले किन सक्नुहुन्न ?’

जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डोर्‍याउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।

उनले गुटउपगुटमा नलाग्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘कुनै खालको गुट बनाउने होइन । गुटले तल–तल झार्छ । पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्दै जान्छ ।’
 

Metro Mart
vianet

प्रकाशित: Jun 21, 2024| 11:14 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्