सोमबार, चैत ३०, २०८२

फ्लोर क्रसपछि कारबाहीमा परेका फणिन्द्र पुगे सर्वोच्च अदालत

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- सर्वोच्च अदालतमा गण्डकी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको कारबाहीविरूद्ध प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले रिट निवेदन दायर गरेका छन्। 

National life

गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका देवकोटाले आज दायर गरेको रिट निवेदनमा आफूमाथि भएको कारबाही गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग गरिएको छ। 

रिट निवेदनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। 

रिट निवेदनमा गत जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु आदेशको  माग गर्दै  प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेशको माग गरिएको छ।

देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट उनी निर्वाचित भएका थिए। माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो।

kumari

प्रकाशित: Jun 20, 2024| 20:57 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्