सोमबार, जेठ १८, २०८३

विश्वकप खेलेर फर्केपछि के भने कप्तान रोहितले ?

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- टी-२० विश्वकपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। टिम बुधबार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो।

National life

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधबार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन्।

विश्वकपमा नेपालले ३ खेल खेलेको थियो । समूह डी मा रहेको नेपालले नेदरल्याण्ड, दक्षिण अफ्रिका र बंगलादेशसँग खेलेको थियो। सबै खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द  हुँदा एक-एक अंक बाँडेको थियो।

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्। विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए।

उनले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैं खुला रहेको बताए।

Shivam cement

उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए। उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए।

प्रकाशित: Jun 20, 2024| 17:28 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्