मंगलबार, पुस ८, २०८२

दुग्ध किसानको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

सांसदहरूले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नति एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

National life

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको समस्या तत्कालै समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए। सात महिनादेखि ६ लाखभन्दा बढी किसानले भुक्तानी नपाएको उनले जानकारी गराए। 

‘लोकतन्त्रमा न्याय पाउनका लागि लाखौँ व्यक्ति प्रदर्शनमा आउँछन् अनि सुनिन्छन्, त्यो लोकतन्त्र होइन । अन्यायमा परेँ भनेर एकजनाले मात्रै प्लेकार्ड देखाउँछ, समस्या समाधान हुन्छ भने त्यो लोकतन्त्र हो,’ उनले भने। 

सांसद विना लामाले वर्तमान राजनीतिक व्यवस्थाले नागरिकको अवस्था सुध्रिन नसकेको गुनासो गरिन्। उनले संसद् सचिवालयका कर्मचारी र दुग्ध किसानको आन्दोलनबारे ध्यानाकर्षण गराउँदै आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरिन्।

सांसद शान्ति विकले संसद् सचिवालयका कर्मचारीको आन्दोलनले सदन प्रभावित भएको भन्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

Laxmi sunrise bank
kumari

सांसद शान्ति श्रेष्ठले जलवायु परिवर्तनको असरस्वरूप नेपालमा पानीको मुहान सुक्दै गएको भन्दै कृषियोग्य जमिनको संरक्षण र वृक्षरोपणलाई प्राथमिकता दिन जोड दिइन्। वर्षायामको समयमा प्राकृतिक विपत् जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी गर्न सुझावसमेत दिइन्।

प्रकाशित: Jun 20, 2024| 14:16 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्