मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसकै बीचमा गठबन्धन गरौं, कुनै पार्टीले हराउन सक्दैन: कोइराला

कांग्रेसकै बीचमा गठबन्धन गरौं, कुनै पार्टीले हराउन सक्दैन: कोइराला

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन्।

National life

बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबीच गठबन्धन हुने गरेको भए पनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने जिकिर उनले गरे।

महिलाहरू लैंगिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको उनले बताए। राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने उनले उल्लेख गरे।

नेता कोइरालाले महिलाहरूलाई प्रदेश र संघ संसद्को बीचमै प्रतिस्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बताए ।

प्रकाशित: Jun 20, 2024| 12:48 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्